दफा २७८
कीर्ते लिखत बनाउने औजार बनाउन नहुने

(१) कसैले कीर्ते लिखत खडा गर्ने वा बनाउने काममा प्रयोग गर्ने नियतले वा त्यस्तोे काममा प्रयोग हुन सक्छ भन्नेजानीजानी वा विश्वास गर्नु पर्ने मनासिब कारण भई कीर्ते लिखत बनाउने छाप वा अन्य कुनै औजार बनाउन, मर्मतगर्न, खरीद गर्न, दिन लिन वा आफूसँग राख्नु हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई चार वर्षसम्म कैद र चालीस हजार रुपैयाँँसम्म जरिबानाहुनेछ ।